TodayPati

१०२ वर्षीया महिला जो दोस्रोपटक पनि कोरोना संक्रमणबाट मुक्त भइन्

टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।

एन्जेलिना फ्राइडम्यान उमेरले १०२ वर्षकी भइन् तर उनी युवाझैं जोश र जाागरले भरिपूर्ण छिन् । उनले आफ्नो जीवनको भोगाइमा विभिन्न रोगसँग लडिन् तर उनलाई कुनै रोगले हराउन सकेनन् । आफ्नो जीवनकालमा के मात्र भोगेकी छैनन् उनले रु क्यान्सर हुँदा पनि हिम्मत हारिनन् । मिसक्यारिज र सेप्सिसले पनि उनलाई कमजोर पारेनन् ।

सन् १९१८ मा उनी जहाजमा जन्मिएकी थिइन् । त्यतिबेला स्पेनिस फ्लूको महामारी देखा परेको थियो । उक्त जहाजले इटालीका अप्रावासीहरुलाई न्युयोर्क लगिरहेको थियो । उनलाई जन्म दिनेबित्तिकै उनको आमाको मृत्यु भयो । उनका दुई जना दिदीहरुले उनको रेखदेख गरे ।

Sponsored

११ सन्तानमध्ये फ्राइडम्यान मात्र अहिलेसम्म जीवित छिन् । उनकी छोरी जोआन मेरोला भन्छिन्,‘बा र आमालाई सँगै क्यान्सर देखिएको थियो तर बुबा बिते आमा भने बााचिन् ।’

कोरोना महामारीले विश्वभरकालाई प्रभावित बनाएको छ । न्युयोर्क निवासी यी वृद्धाले एकपटक होइन दुईपटक कोरोना संक्रमणबाट मुुक्त भएको उनकी छोरी बताउँछिन् ।

हाल उनी नर्थ वेस्टचेस्टर रेस्टोरेटिभ थेरापी एन्ड नर्सिङ सेन्टरको रेखदेखमा छिन् । अस्पतालमा सामान्य मेडिकल चेकअपका लागि गएकी फ्राइडम्यानलाई मार्चमा पहिलो पटक कोरोना पुष्टि भएको अस्पतालकी प्रशासक एमी एल्बा बताउछिन् ।

Sponsored

उनी सो समय ज्वरो आउने लक्षणहरु देखिए । अप्रिल २० मा उनको परीक्षण नेगेटिभ आयो ।एकदिन उनकी छोरीलाई नर्सिङ होमबाट फोन आमालाई दोस्रोपटक संक्रमण देखिएको भनेर फोन आयो ।

‘आमालाई सुख्खा खोकी र ज्वरो देखिएको रहेछ, फ्लु हो कि भन्ने शंका गरिएको थियो’, मेरोला भन्छिन् । नर्सिङ होममा अरु मेडिकल स्टाफ र वृद्धवृद्धाहरु बिरामी परिरहेका थिए उनीहरुलाई पनि आइसोलेसनमा राखिएको थियो । मेरोलाले हरेक दिनको आमाको स्वास्थ्य स्थिति बारेमा अपडेट पाउँथिन् । र अन्ततस् नोभेम्बर १७ मा फ्राइडम्यानको रिपोर्ट नेगेटिभ आयो ।

त्यसपछि उनलाई आइसोलेसनबाट उनको जनरल वार्डमा लगियो । उनमा सुन्ने शक्ति र देख्ने शक्ति कम हुँदै गएपनि उनी अझै खुसी देखिन्छिन् । जिन्दगीको मजा लिइरहेकी छिन् ।

अस्पतालकी प्रशासक एल्बा भन्छिन्,‘उनी त ‘मुभर एन्ड सेकर’ हुन् । उनी अझै एकदम सक्रिय छिन् । यत्तिको उमेरमा सकृय रहनु विश्वास लाग्दैन । खाली समयमा केही न केही गरिरहन्छिन् ।

फ्राइडम्यान अझै पनि आफ्नो वरिपरीका मानिससँग घुलमिल हुन्छिन् । रमाउँछिन् । उनलाई बुन्न एकदम मनपर्छ । भेट्न आउनेलाई आफूले बुनेका सामान उपहार दिन्छिन् । १०१ वर्षमा अस्पतालले उनको जन्मदिनमा ठूलो पार्टी राखेको थियो । उनकी छोरी मेरोला भन्छिन्,‘मेरी आमा सबैभन्दा बढी उमेरमा कोरोना जित्ने र सबैभन्दा बढी उमेरमा दोस्रो पटक कोरोना जित्ने पनि उनी नै होलिन् ।’ एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *