बगहाले जित्यो प्रदेश स्तरीय राज्यमन्त्री गोल्डकप फुटबलको उपाधि, गोलबजारलाई यसरी हराए
टुडेपाटी
जनकपुरधाम, मंसिर २१ गते ।
प्रदेश स्तरीय राज्यमन्त्री गोल्डकप २०७७ फुटवल रनिङशिल्ड प्रतियोगिताको उपाधि
सिरहाको बगहा टिमले हात पारेको छ ।
शनिवार साँझ सम्पन्न खेलमा गोलबजार टिमलाई शुन्य विरुद्ध एक गोलले पराजित गर्दै बगहा विजयी भएको हो ।
गएको मंसिर १२ गतेदेखि करुनेश्वर युवा क्लब करुन्याहीद्वारा संचालित उक्त टुर्नामेन्टमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सिन्धुली गरी ५ जिल्लाबाट फुटवल टिमहरु सहभागी भएका थिए।
खेल निकै रोमान्चक र प्रतिस्पर्धी थियो। दुबै टिमले १÷१ गोल गरे । अन्त्यमा पेनाल्टी किक मार्फत बगहाले जित हासिल गरेको थियो ।
Sponsored
विजेता बगहालाई गोल्ड कपका साथै रु. २५००० र उपविजेता गोलबजारलाई कपका साथै रु १५००० नगद प्रदान गरिएको थियो ।
प्रदेश २ का उद्योग वन पर्यटन राज्यमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्य तथा कल्याणपुर नपा वडा नं.१० का वडा अध्यक्ष धनवीर मण्डलको अध्यक्षतामा उक्त टुर्नामेन्ट सम्पन्न भएको हो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले मेला, नाचगान र ओकेष्ट्रालाई मनोरञ्जनका साधन बनाएर लाखौं खर्च गरिरहेको स्थानीय जनप्रतिनिधिले खेलकुदमा लगानी गरी युवा पुस्तालाई कुलत, दुर्व्यसन, लागूऔषध र त्यसबाट हुन सक्ने अपराधबाट जोगाउन सकिने बताए ।
युवा पुस्ताको शारीरिक, मानसिक बिकास मार्फत समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सके देश बिकास सहज र सरल हुने उनको भनाई छ ।