TodayPati

नेकपा सचिवालय बैठक सकियो

टुडेपाटी-
काठमाडौं, मंसिर २० गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चार घण्टाभन्दा लामो सचिवालय बैठक शनिबार अपराह्न सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे चार घन्टाको छलफलपछि बैठक सकिएको हो ।

दुई अध्यक्षबीचको करिब आधा घन्टा वान–टू–वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको थियो ।

Sponsored

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *