चीनले चन्द्रमामा फहरायो आफ्नो झण्डा
एजेन्सी
जनकपुरधाम, मंसिर २० गते ।
चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । चीन दोस्रो देश बनेको छ चन्द्रमामा आफ्नो झण्डा फहराउने ।
वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्षा एजेन्सीले सार्वजनिक गरेको हो ।
च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार बाहिरिएको छ ।
अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँच झण्डा चन्द्रमामा राख्न सफल भएको थियो ।
Sponsored