TodayPati

महोत्तरीमा जसपा नेता भण्डारी र मन्त्री सोनलद्वारा १२ करोड ६५ लाखको पुल शिलान्यास

टुडेपाटी

जनकपुरधाम, मंसिर १९ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेता शरदसिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले महोत्तरीको औरही नगरपालिकामा बन्न लागेको पुलको शिलान्यास गरेका छन् ।

Sponsored

औरही नगरपालिका २ फुलवरीया र गौशाला निगौल जोड्ने जङगा नदीमा १२ करोड ६५ लाख ७ हजार ८ सय ५७ रुपैँयाको लागतमा निर्माण हुन लागेको पुलको अध्यक्ष भण्डारी र मन्त्री सोनलले शुक्रवार पुजापाठ गरि शिलान्यास गरेका हुन् ।

२०७९ सालसम्म सो पुल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको छ ।

पुल शिलान्यासपछि नदी तरेर बाटो हिड्ने र घुमौरो बाटो भएर आवातजावत गर्ने स्थानीयहरु गदगद भएका छन् ।

Sponsored

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु जैनुल राईन, कौशल किशोर यादव ,जानकी शरण साह लागायतका उपस्थिती थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *