प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपन हुँदै, चौतर्फी स्वास्थ्यलाभको कामना
टुडेपाटी-
काठमाडौं, फागुन २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रोपटक मिर्गौला प्रत्यारोपन भइरहेको छ । मिर्गौला प्रत्यारोपनको लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेपछि उनको शल्यक्रिया सुरु गरिएको हो ।
अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका हुन् ।
‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकाहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भने, ‘उहाँलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ ।’
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो ।
शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।
Sponsored
दोस्रोपटक मिर्गौला प्रत्यारोपन गर्न लागिएपछि उलनको शिघ्र स्वास्थ्यलाभको लागि विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुले कामना गरेका छन् । भारतीय प्रधामन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधामन्त्री इमरान खान लगायत विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुले प्रधामन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । यस्तै अहिले देशको विभिन्न स्थानमा युवायुवती तथा उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।