TodayPati

दिन-प्रतिदिन बढ्दै टिपर आतंक : महोत्तरी र बिराटनगरमा लियो ३ को ज्यान

टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।

विराटनगर र महोत्तरीमा टिपरले तीनजनाको ज्यान लिएको छ । मोरंगको बिराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार २ जनाको ज्यान गएको छ । उत्तरतर्फबाट जाँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको टेम्पोलाई मङ्गलबार राति ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

ज्यान जानेमा टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदार छन् ।
घटना पश्चात आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिइ घटना विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
यस्तै जनकपुर भिठ्ठामोड सडक खण्ड अन्तर्गत महोत्तरीको पीपरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादव रहेको महोत्तरी प्रहरीले जनाएको छ । उनको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई जनकपुर तर्फ आउँदै गरेको ना १ क ५८२६ नम्बरको टिपरले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *