TodayPati

प्रदेश २ को भौतिक मन्त्रालयका सिनियर ईन्जिनियर मिश्रको विदाई, मन्त्री सोनलले यसरी गरे प्रशंसा

टुडेपाटी

जनकपुरधाम, मंसिर १५ गते ।

उमेर हदका कारण सेवानिवृत भएका प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्रालयका सिडिई श्याम सुन्दर मिश्रको बिदाई गरिएको छ ।

Sponsored

मन्त्रालयमा भुक्तानी विवाद लगायतका समस्या समाधानमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान सहित मिश्रको मन्त्रालयका मन्त्री सचिव लगायतका कर्मचारीले बिदाई गरेका छन् । २६ वर्ष ९ महिना कार्यकाल सम्पन्न गरी सरकारी जागरिमा ५८ वर्ष पुरा गरेका मिश्र आइतवार सेवा निवृत भएका छन् ।

बिदाई तथा सम्मान कार्यक्रममा मन्त्री जितेन्द्र सोनलले सिडिई मिश्रको प्रशंसा गर्दै उनकै लगनशिलताले आर्थिक वर्ष २०७५÷०७६ को उपभोक्ता समितिको बाँकी बक्यौता रकम निकाशा हुन सकेको भन्दै मन्त्री सोनल उनको कार्य सम्पादनको प्रशंसा गरेका हुन । सो रकम प्रदेश सरकारकै लागि क्रोनिक समस्या बनेको र प्रदेश सरकारलाई सोहि आधारमा बदनाम गर्ने काम समेत भइरहेका बेला आफुले दिएको दोहोरो जिम्मेवारी मिश्रले इमान्दारिता पुर्वक निर्वाह गरेको भन्दै मन्त्री सोनलले उनलाई धन्यवाद सहित बिदाई गरेका छन् ।

अवकास प्राप्त गरेका मन्त्रालयमै कार्यरत कर्मचारी श्याम सुन्दर मिश्रले चार सुझाब दिएका छन् । मन्त्रालयको कामलाई पार्दशिता, गुणस्तरीय र सहज रुपमा गर्न उनले सुझाब दिएका हुन् ।

Sponsored

प्रदेश सरकारले विभिन्न योजनामा गर्ने विकास निर्माणको काममा फयाक्ट चेक जाँच गर्नको लागि उनले प्रदेश स्तरीय प्रयोगशाला बनाउनु पर्ने सुझाब दिएका छन् । प्रयोगशालाले काममा देखिएको विभिन्न असंतुष्टीहरु अन्तय गर्ने भन्दै यसले निर्माण वास्तविक परिणमा र गुणस्तर पत्ता लगाउन मद्दत पुग्ने भएकाले उनले यस्को आवश्यकता औल्याए ।

मन्त्रालयमा कार्यरत्त प्राविधिक कर्मचारीलाई योजनाको र्निधारित गरेर काममा खटाउन उनले सुझाए । ‘यस्ले काम गुणस्तरी हुन्छ । काम छिटो हुन्छ,’उनले भने,‘एउटै कर्मचारीलाई धेरै योजना दिँदा काम गर्न कठिनाई भएको छ । काम गुणस्तरीय हुन सकेको छैन् ।’

आर्थिक वर्षको पहिलो महिनामा नै मन्त्रालयलाई अख्तियारी दिएर कामको थलानी गर्ने बानी बसाल्नु पर्ने उनले जोड दिए । कर्मचारीले गरेको कामको उचित मूल्याङ्कन गरी प्रोत्साहन गर्ने वातावरण सिजर्ना गर्दा यसले सरकारलाई निकै फाइदा पुग्ने उनले बताएका हुन् ।

उनको सुझावलाई आत्मसात गर्ने मन्त्री सोनलले प्रतिबद्धता जनाएका छन् । प्रादेशिक प्रयोगशाला निर्माणकालािग मन्त्रालयले बजेट समेत विनियोजन गर्ने मन्त्री सोनलले बताए । मन्त्रालयका सचिव राम अधार साहका अनुसार लामो समयदेखि भुक्तानी हुन नसकेको रकम भौतिक पुर्वाधार विकास मन्त्रालयले धमाधम भुक्तानी गर्दै छ ।

मन्त्रालयले ३ सय ९५ योजना मध्ये ३ सय ३७ अथार्त ८७ प्रतिशत योजनाको रकम भुक्तानी गरिसकेको छ । ०७५÷७६ मा विभिन्न कारणले भुक्तानी हुन नसकेको रकम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै समाबेश गरी भुक्तानी गरिरहेका छन् ।

मन्त्रालयको अनुसार ३ सय ३८ योजनाको ४४ करोड ५६ लाख ७ हजार रकम भुक्तानी भइसकेको छ । सचिव राम अधार साहका अनुसार १८ वटा योजनाको ३ करोड ५३ लाख ३ हजार रकम भुक्तानी हुन सकेको छैन् ।

जसमध्ये १५ वटा योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत छानबिन गरिरहेको भन्दै भुक्तानी गर्न रोक लगाएका छन् । यस्तै प्रदेश सभा सचिवालयबाट गठन भएको संसदिय छानबीन समितिले पनि १० वटा योजनाको शुन्य मूल्याङ्कन गर्दा भुक्तानी हुन नसकेको उनले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *