TodayPati

प्रदेश २ : प्रेममा परेकी अमृतालाई बुबाले नै सुटर मार्फत गोली प्रहार गरी हत्या गरेको खुलासा

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

रौतहटहमा प्रेमीसंग भागे इज्जत जाने डरले बुबाले आफ्नै छोरीको सुटर मार्फत गोली प्रहार गराइ हत्या गरेको रहस्य खुलेको छ । गएको कार्तिक २६ गते रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहा बस्ने राम अयोध्या साह तेलीकी छोरी १७ वर्षीया अमृता कुमारी साहको माइत घरमै सुतिरहेको बेला कनचटमा गोली प्रहार गरी हत्या भएको थियो ।

आफ्नै बुबा रामअयोध्याले प्रेमीसंग भाग इज्जत जाने डरले एक लाख रुपैयाँ सुटरलाई दिई छोरी अमृतलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानले खुलेको हो । हत्या घटनामा प्रहरीले अमृतका बुबा ५५ वर्षीय रामअयोध्या साह लगायत ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

Sponsored

हत्या संग्न भएको आरोपमा आमा सता देवी साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया वस्ने ६० बर्षिय शेख अलियास, ४० वर्षीय बहुल भन्ने ईस्लाम अन्सारी, वर्ष ३६ का शेख ईम्ताज र परोहा नगरपालिका ४ वस्ने ४६ बर्षियको छोटेलाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

बुबाले कसरी बुने अमृता हत्याको जालो ?

मृतक अमृताको तीनवर्ष अघिदेखि गाउँकै ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसंग प्रेम सम्बन्ध रहेको थियो । तर परिवारजनले भगतसंगको प्रेम अस्वीकार गरी दबाबमा २०७६ फागुनमा सर्लाहीको विष्णुपुर गाउँपालिका ३ बस्ने मानकी साहको छोरा रुपेश साहसंग अमृताको मागि विवाह गरायो । तर रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भएपछि अमृता माइत फिर्ता आएकी थिइन् । रुपेश र अमृता बिच असार २०७७ मा सम्बन्ध बिच्छेद भएको थियो ।

Sponsored

सम्बन्ध बिच्छेद पश्चात छुरा प्रहार गरेको विषयमा रुपेशको घरपरिवारबाट अमृता र उनकी प्रेमी सोसिन्द भगतमाथि ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा म्ुद्दा दर्ता भयो । तापनि अमृताको प्रेमसम्बन्ध सोसिन्दसंग स्वीकार्य नरहेको, सोसिन्द्रसंग छोरी भागे अथवा मुद्दामा पक्राउ परे इज्जत जाने डर, माइतमा छोरी बस्दा समाजको कानेखुसीबाट अपहेलित हुने कारणले बुबा रामअयोध्या साहले अमृताको हत्या बनाउने मनसायमा उत्रे ।

आफ्नो अर्का ज्वाइँ रौतहटको देवाही गोनाही नगरपालिका करुनिण लक्ष्मीनिया बस्ने लक्ष्मण साहसंग सल्लाह गरी छोरीको हत्या गर्ने योजना बुने । भिनाजु लक्ष्मणले अमृतालाई हत्या गर्न रौतहटको परोहा नगरपालिका ४ वस्ने ४६ बर्षियको छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिइ भारतमा लगेर हत्या गर्ने जिम्मा दिए ।

गाउँ समाजमा आफनो इज्जत जाने भनी अमृताको आफनै बुवाले एक लाख सुपारी दिएर हत्या गर्न लगाएको भन्ने कुरा अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए । गएको कार्तिक ९ गते महानवमीका दिन अमृतलाई उपचारको बहानामा भारतमा लगेर मार्ने योजना बनाएको थियो । तर अमृता भागेर ज्यान बचउन सफल भइन् । त्यस पश्चात बुबा रामअयोध्या साह र भिनाजु लक्ष्मण साहले अमृतालाई घरमै सुटर मार्फत गोली प्रहार गरी हत्या गराउन योजना बनाए ।

जसको लागि देवाही गोनाही नगरपालिका २ लक्ष्मीनिया बस्ने कैमुल देवानलाई एकलाख रुपैयाँ दिएर अमृताको गएको कार्तिक २६ गते बिहान सुतेकै बेला दाहिने कञ्चटमा गोली प्रहार गरी हत्या गरेको कुरा अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईले बताए ।
पक्राउ अभियुक्तहरुमाथि ज्यान मार्ने कसुरमा मुद्दा चलाएर घटनाको अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *