TodayPati

सप्तरीमा दुई महिलामाथि निर्घात कुटपिट, कुटाइबाट दुबै हात भाचियो

टुडेपाटी-
सप्तरी, मंसिर १४ गते ।

सप्तरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा नै दुई महिलामाथि निर्घात कुटपिट भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामा कट्टी बस्ने ४५ वर्षीया बुलबुलदेवी यादवलाई उनका देवर र भतिजाले कुटपिट गरेका छन् ।

कुटपिटबाट यादवको हात भाचिएको छ । देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागि नम्बरी जग्गा नछाडिएको भन्दै बाँसको भाटा र फलामे रडले हिर्काएर बुलबुलदेवीलाई घाइते बनाएका हुन् ।

Sponsored

उनको दुबै हात भाचिएको छ भने टाउकोमा ९ वटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । मजदुरी गरेर गुजारा चलाउँदै आएको र श्रीमान् जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताइन् ।

त्यस्तै, विष्णुपुर गाउँपालिका ६ रन्जितपुर बस्ने १५ वर्षीया कल्पना मुखिया छिमेकीबाट कुटिएकी छन् । कुटपिटबाट उनको शरीरभरि निलडाम परेको छ ।

मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटपिट गरेका हुन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् ।

Sponsored

जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ । ती दुबै घटनाका आरोपित फरार रहेको र उनीहरूको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते दुबै महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *