TodayPati

सिमरा विमानस्थलमा थप दुई हवाई सेवा शुरु, भाडादर घट्यो

टुडेपाटी-
बारा, मंसिर १४ गते ।

सिमरा विमानस्थलमा थप दुई हवाई कम्पनीले सेवा शुरु गरेपछि यात्रुलाई सहज भएको छ । यति र श्री एयरलाइन्सले सेवा शुरु गरेपछि सिमरा–काठमाडौं हवाई सेवाको भाडादर समेत घटेको हो ।
पहिले एक मात्र बुद्ध एयरले मात्र उडान भरेको कारण भाडा महगोको साथै टिकट पाउन यात्रुलाई समस्या थियो । अव थप दुई हवाई कम्पनीले सेवा सुरु गरेपछि सस्तो भाडादरमै यात्रा गर्न पाउँदा यात्रु खसी भएका छन् ।

काठमाडौंबाट सिमरा फर्किएका कलैयाका विवेक अधिकारीले विगतको तुलनामा भाडादर घटेको बताउँदै पहिला काठमाडौं जाँदा तीन हजार १०० रुपैयाँसम्म भाडा तिरेर पनि टिकट पाउने अवस्था नरहेको तर अहिले सजिलै टिकट पाउन थालेको भन्दै खुसी व्यक्त गरे ।

Sponsored


तीनवटा हवाई कम्पनीले सेवा दिन थालेपछि पछिल्लो समय दैनिक भाडादरमा समेत उतावचढाव हुने गरेको छ । हाल भाडादर अधिकतम् २८ सय कायम गरिएको छ भने यात्रुहरुको चापको अवस्था हेरेर १४ सय रुपैयाँमा पनि टिकट उपलब्ध हुने गरेको छ ।

औद्योगिक करिडोरका उद्योगी, बारा, पर्सा, रौतहट, मकवानपुरमा हुने राजनीतिक कार्यक्रम तथा भेटघाटका लागि आउने राजनीतक दलका नेता तथा कार्यकर्ताहरु, भारतीय पर्यटकहरुसहित सर्वसाधारणहरु दैनिक २५० देखि ३०० यात्रु काठमाडौं जाने गर्दछन्। काठमाडौंबाट सिमरा हुँदै फर्कने यात्रुको चाप भने अलि कम रहेको बुद्ध एयर सिमरा शाखाका इन्चार्ज सुरेशकुमार रेग्मीले बताए ।

हवाई कम्पनीबीच भाडादरमा प्रतिष्पर्धा भएर भाडादर घटेपछि पछिल्लो समय बस र जिपबाट यात्रा गर्नेहरु पनि हवाई यात्रा गर्न थालेका छन् । सिमरा एयरपोर्टमा बुद्ध एयरले दैनिक चार, यतिले तीन र श्री एयरले एक उडान भर्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *