TodayPati

शान्त बन्दै बर्दिबास : आजदेखि बजार र राजमार्ग खुल्यो

टुडेपाटी-
बर्दिबास, मंसिर १२ गते ।

दुईघटना विरुद्ध तिनदिनदेखि बन्दहड्तालले अक्रान्त बनेको बर्दिबास शुक्रबारदेखि शान्त बन्दै गएको छ । शुक्रबार बिहानदेखि राजमार्गमा निर्वाद सवारीसधान चलिरहेको छ भने बजार समेत खुलेको छ ।

६ वर्षीया बालिकाको बालत्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमो प्रहरीको गोली लागेर संजय न्यौपानको मृत्यु भएपछि मंगलबारदेखि बर्दिबासमा बजार तथा पूर्वपश्चिम राजमार्ग बन्दसहित प्रदर्शन भएको थियो । मंगलबार, बुधबार र बिहीबार प्रदर्शन भएपछि शुक्रबार बिहानदेखि बर्दिबासको अवस्था समान्य बनेको छ ।

Sponsored

स्थानीय प्रशासन र सर्वपक्षीय बार्ता समितिबिचको चारबुँदे सहमति र गृहमन्त्रालयले समेत दोषीमाथि कारबाही गर्ने, घटनाको छानविन तथा मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने प्रतिवद्धता जाहेर गरेपछि आक्रोशित स्थानीयहरु बन्द तथा प्रदर्शन स्थगित गरेका छन् ।

मृतक बालिकाको परिवारले आज इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कार तथा हत्यामा संलगन २५ वर्षीय युवक अरुण साह र उनलाई सघाउने विरुद्ध किटानी जाहेरी दर्ता गराउन लागेका हुन् ।

तस्बीर : सौजन्य पत्रकार बाबु प्रेम यदुवंशी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *