TodayPati

कोरोना भाइरस प्रभावित उहानबाट ३ सय २४ भारतीयको उद्धार, चिन्तामा नेपालीहरु

दिल्ली , माघ १८

कोरोना भाइरस संक्रमित सहर चीनको उहानबाट ३सय २४ जना भारतीय नागरिकलाई उद्धार गरिएको छ। उनीहरुलाई भारत सरकारले एयर इन्डियाको विमानबाट शनिबार बिहान दिल्ली ल्याएको हो। उक्त विमान उहानबाट शुक्रबार राति उडेको थियो।

दिल्ली पुगेका सबैजनालाई विमानस्थलमै भारतीय सेना र विमानस्थल स्वास्थ्य केन्द्रको मेडिकल टोलीली संयुक्तरुपमा मेडिकल परीक्षण गर्नेछ। त्यसपश्चात सबैलाई मानेसर शिविर लैजाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Sponsored

कोरोना भाइरस संक्रमित व्यक्ति भेटिए दिल्लीस्थित बेस अस्पतालमा भर्ना गरिने बताइएको छ। आफ्ना नागरिकलाई उद्धार गरेकोमा भारतीय सरकारले चीनको सराहना गरेको छ।

भारतीय नागरिकलाई उद्धार गरेसँगै त्यहाँ रहेका नेपाली झन् चिन्तित बनेका छन्। उनीहरु विगत दस दिनदेखि घरबाहिर निस्किन सकेका छैनन्। त्यहाँ रहेका १२० नेपालीलाई उद्धार गर्न नेपाल सरकार चीनलाई अनुरोध गरिसकेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *