TodayPati

पोस्टमार्टमको चारदिन हुँदा पनि बालिका गुलाब्साको शव अस्पतालमै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।

बर्दिबासमा बलात्कार पश्चात हत्या भएको ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव चारदिनदेखि प्रादेशिक अस्पताल जनकपुरको शव गृहमा छन् ।

बालिकाको शवको गएको मंगलबार नै पोस्टमार्टम समेत भइसकेको प्रादेशिक अस्प्तालका निमित मेडिकल सुपरिटेन्डेन्टा डा. जामुन प्रसाद सिंहले जानकारी दिए । तर पोस्टमार्टमको चारदिन हुँदा पनि मृतक परिवारले अझैसम्म शव बुझेको छैन ।

Sponsored

This image has an empty alt attribute; its file name is 127197548_387543279329214_3384158191112682783_n-1024x431.jpg

गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाब्साको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा भेटिएको थियो ।

This image has an empty alt attribute; its file name is 126847346_951856925341575_7739622262145389651_n-1024x632.jpg

मंगलबार बालिकाको शवसहित बर्दिबाचोकमा स्थानीयले प्रदर्शन गरिरहेको बेला प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी शव खोसेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको थियो । अस्पतालका अनुसार सोहि दिन बालिकाको शवको पोस्टमार्टम भएको हो । बालिकाको शव मृतक परिवारले नबुझेपछि अस्पतालकै शव गृहमा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *