TodayPati

बर्दिबासमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको पशुपति आर्यघाटमा अन्त्येष्टि

टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।

बर्दिबासमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका संजय न्यौपानेको बिहीबार अन्त्येष्टि गरिएको छ । बर्दिबास नगरपालिका १ का ४३ वर्षीय न्यौपानको प्रार्थिव शरीरलाई बिहीबार अपराहन्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

बिहीबार शवको पोस्टमार्टम गरी पशुपति आर्यघाटमा उनको अन्योष्टि गरिएको हो । प्रहरीको गोली लागेर गम्भीर घाइते न्यौपानेको मंगलबार राति उपचारको क्रममा काठाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Sponsored

गएको सोमबार राति बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कार पश्चात हत्या भएको अवस्थामा शव भेटिएपछि मंगलबार बर्दिबसमा प्रदर्शन भएको थियो । मंगलबार दिउँसो बर्दिसबासचोकमा भएको प्रर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा न्यौपानेको तिघ्रामा गोली लागेको थियो । दुबै तिघ्रालाई गोली छेडेपछि गम्भीर घाइते भएका उनको बर्दिबासको पिनाका हस्पिटलमा भर्ना गरिएको थिायो । तर यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी हस्पिटल लगिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *