सिरहामा बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो
टुडेपाटी-
सिरहा, मंसिर ११ गते ।
सिरहामा बस र मोटरासइकल एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । सिरहा नगरपालिका ११ भलुवाहीका जगदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका छोरा २६ वर्षिय अरुण कुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहा नगरपालिका १० पदमपुरमा बिहीबार दिउँसो सिरहाबाट चोहर्वा तर्फ जादैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरीत दिशा (चोहर्वा) बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल ठोक्किएर उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकमाल सबार दुबैजनालई एम्बुलेन्समा उचपारको लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवले बताए । दुबै सवारी नियन्त्रणमा लिएर घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।