चारबुँदे सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य
टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।
दुईदिन पश्चात बर्दिबासको अवस्था समान्य हुँदै गएको छ । ६ वर्षीया बालिकाको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनशमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि मंगबार र बुधबार बर्दिबास तनाबमय थियो ।
दुईदिनको राजमार्ग अवरुद्ध, बजार बन्दसहित भएको प्रदर्शन पश्चात बुधबार साँझ स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि बिहीबार बिहानदेखि बर्दिबासको अवस्था समान्य बन्दै गएको छ ।
बुधबार साँझदेखि नै राजमार्ग पूर्ण रुपले सुचारु भएको छ भने बिहीबार बिहानदेखि बजार खुल्न थालेको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिने, दुबै घटनालाई छाविन गरी दोषीमाथि काबराही गने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा सहमति भएको हो । दुबै पक्षबिच भएको समतिलाई कार्यान्वयन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले टुडेपाटीलाई जानकारी दिए ।
बुधबार साँझ इलाका प्रहरी कार्यालयमा भएको बार्तामा आन्दोलनरत्त पक्षबाट बार्ता टोलिका संयोजक काँग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामनिण पोखरेल र हिरा गौतम लगायत थिए । यस्तै प्रशासनको पक्षबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लगायत सुरक्षा निकायका प्रतिनिधि रहेको थिए ।
दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने समझदारीसमेत भएको छ।
Sponsored
गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास(१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर, गौशालासहितका ठाउँमा प्रदर्शन भएको थियो ।