TodayPati

बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

बर्दिबासमा आन्दोलनरत्त पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा बालत्कार र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको न्याय मागर्दै भइरहेको प्रदर्शन साम्य पार्न दुबै पक्षबीच चार बुँदे सहमति भएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिने, दुबै घटनालाई छाविन गरी दोषीमाथि काबराही गने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा सहमति भएको हो । दुबै पक्षबिच भएको समतिलाई कार्यान्वयन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

बुधबार साँझ इलाका प्रहरी कार्यालयमा भएको बार्तामा आन्दोलनरत्त पक्षबाट बार्ता टोलिका संयोजक काँग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामनिण पोखरेल र हिरा गौतम लगायत थिए । यस्तै प्रशासनको पक्षबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लगायत सुरक्षा निकायका प्रतिनिधि रहेको थिए ।

भोलिदेखि आन्दोलनलाई साम्य पर्दै अवस्था सहज बनाउने दुबै पक्षबिच छलफल समेत भएको प्रजिअ कटुवालले जानकारी दिए । दुबै पक्षबीच बार्ता भए पनि जनस्तरमा दुबै घटनाले आक्रोश कायमै रहेकाले आन्दोलनको सम्भावना यथावत रहेको स्थानीयले बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *