TodayPati

वीरगञ्ज चिनी मिलको जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने

टुडेपाटी
जनकपुरधाम, फागुन २० गते ।

संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तैयारी गरेको छ ।
जनकपुरमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको बताउनु भयो ।
उहाँले बन्द अवस्थामा रहेको चिनि मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्र भित्र हस्तक्षेप गरेकोले त्यस विरुद्ध आफुहरु अदालत जान लागेको बताउनु भयो ।
उहाँले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई लाई समाप्त गर्ने खेल गरि रहेको आरोप समेत लगाउनु भयो ।
केही दिन अघि मात्र संघीय सरकार विरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *