TodayPati

बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, बर्दिवासका मेयर र डीएसपीको पुत्ला दहन

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

महोत्तरीमा बर्दिबासकी ६ वर्षीया बालिका हत्याको विरोधमा बर्दिवासका मेयर विदुर कार्की र इलाका प्रहरी कार्यालयका डीएसपी राजन चपागाइँको पुत्ला जलाइएको छ । स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै जारी प्रदर्शनमा उनीहरुको पुत्ला दहन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

Sponsored

तर बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपाने विरुद्ध स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन् । उनीहरुले बुधबार दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन् ।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ। यातायात ठप्प हुँदा यात्रीहरु समस्यामा परेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *