TodayPati

सप्तरीमा आइसोलेसन भन्दा होम आइसोलेसनमा बस्नेको संख्या ७ गुणा बढी

टुडेपाटी-
सप्तरी, मंसिर ८ गते ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्ति, परिवारहरु संस्थागत भन्दा व्यक्तिगत आइसोलेसनमा (होम आइसोलेसन) बस्ने गरेको छ । सप्तरीमा संस्थागत आइसोलेसन भन्दा सात गुणा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

सरकारले संक्रमितको इच्छा अनुसार आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर होम आइसोलेसनमा बस्ने पाउने अधिकार सुनिश्चित गरेपछि होम आइसोलेसनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । जिल्लामा कूला १४६ संक्रमित आइसोलेसनमा रहेका छन । तीमध्ये २१ जना मात्र विभिन्न संस्थागत आइसोलेसनमा र १२५ जना होम आइसोलेनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।

Sponsored

राजविराज स्थित साई कृष्ण मेडिकल भवनको आइसोलेसन केन्द्रमा चार, कञ्चनरुप नगरपालिकाको आइसोलेसनमा सात, बोदेबर्साइन नगरपालिकाको आइसोलेसनमा शून्य र खडक नगरपालिकाको आइसोलेसनमा दश गरी २१ जना संस्थागत आइसोलेसनमा भर्ना रहेको उनले बताए ।

जिल्लामा हालसम्म कुल संक्रमित एक हजार ७५५ मध्ये एक हजार ५७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । संक्रमितमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी, जिल्लाको विभिन्न स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनहरु पूर्ण रुपमा खाली भएको छ । विभिन्न स्थानीय तहरुले १९ स्थानमा ३८५ बेड क्षमताको सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नेको संख्या शून्य  छ । हालसम्म छ हजार ७७७ जना क्वारेन्टाइनमा बसेर फिर्ता भइसकेको स्वास्थ्य कार्यालय सप्तरीमा निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

Sponsored

जिल्लामा २० हजार ४६७ जनाको नमूना स्वाव संकलन गरी कोरोना परीक्षण (पीसीआर) गरिएको छ । तीमध्ये १८ हजार ७५८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *