TodayPati

देशमै चर्चित यस्तो छ जनकपुरको छठ (फोटोफिचर)

टुडेपाटी

जनकपुरधाम, मंसिर ५ गते ।

हर्षोल्लासकासाथ जनकपुर सहित देशका विभिन्न स्थानमा आज छठ पर्व मनाइदै छ । जनकपुरको छठ मुलुकमै चर्चित छ ।

Sponsored

छठ पर्व भव्य बनाउन दुई साता अघिदेखि नै स्थानीयहरु छठको तयारीमा जुट्ने गर्दछ । अन्य स्थानको तुलनामा यहाँ विशेष सजावट र झकिझकाउ बनाइनेहुँदा जनकपुरको छठ मुलुकमै चर्चित छ ।

सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले सृंगारिएको छ ।

मूख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई नवदुल्ही झँै सजाएर झकिझकाउ बनाइएको छ । आकर्षक पण्डाल तथा लाइटिङगरी घाट सजाइएको छ ।

Sponsored

यी पोखरी तथा तलाउहरुका घाट (किनार) सजाउनकै लागि मात्रै वर्षेणी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ । घाटहरुमा लगाईएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *