TodayPati

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर ४ गते ।

जनकपुर लगायत तराई मधेशमा छठपर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । दिनभर उपबास बसेका छठ ब्रतालु आज साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउने गर्दछन् ।

नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई समेत प्रसादको रुपमा खान दिने चलन छ । पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाइने छठपर्व बुधबारबाट विधिवत सुरु भएको हो । चारदिनसम्म मनाइने छठ पर्वको पहिलोदिन बुधबार ब्रतालुहरुले नुहाएर अरबा–अरबाईन एवं चोखो खानेकुरा खाएका थिए । यो दिनलाई ‘नहाय खाय’ भनिन्छ । त्यस अघि बुधबार ब्रतालुहरुले माछा र कोदो बारेका थिए ।

Sponsored

छठपर्वको मूख्य दिन अर्थात मूल विधि शुक्रबार रहेको छ । भोलि छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यको अर्घ दिएपछि विधिवत छठ पर्व समापन हुनेछ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *