TodayPati

कोरोना सम्बन्धी अध्यादेश जारी : अब कोरोनाविरुद्धको भ्याक्सिन नेपालमै परीक्षण गर्न सकिने

टुडेपाटी-
काठमाडौं, मंसिर ४ गते ।

कोरोना विरुद्धको खोप परीक्षण गर्ने सम्बन्धी अध्यादेश, २०७७ जारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार साँझ अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

Sponsored

यो अध्यादेश आएसँगै मुलुकमा कोभिड–१९ विरुद्ध अरू मुलुकले बनाएको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । घिमिरेका अनुसार आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि ९तेस्रो संशोधन० अध्यादेश जारी भएसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो। अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ ।

‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा भनिएको छ ।

Sponsored

अध्यादेशअनुसार नयाँ भ्याक्सिन ल्याउन चाहने कम्पनीले अनुमतिका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिनुपर्नेछ। विभागले औषधि सल्लाहकार समितिको बैठकबाट स्वीकृत गरेर भ्याक्सिन ल्याउन अनुमति दिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *