जनकपुरका दुई वैज्ञानिक अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित
टुडेपाटी-
जनकपुरधाम, मंसिर ३ गते ।
धनुषाका दुई नेपाली वैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् ।
नाशामा कार्यरत जनकपुरकी वैज्ञानिक ईन्जिनियर डा. रश्मी साह नासाद्धारा अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित भएकी छिन् ।
यस्तै अमेरिकाको ईन्टेल कम्पनीमा कार्यरत जनकपुका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक ईन्जिनियर डा.सतिशचन्द्र झा ईनटेल कम्पन्ीको सर्वोच्च अविष्कारक पुरस्कार २०१९ बाट सम्मानित भएका हुन् ।
Sponsored