TodayPati

आज मोदी–जिनपिङ आमनेसामने, के होला ?

एजेन्सी

जनकपुरधाम, मंसिर २ गते ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनको दौरान आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने भएको छ। 

Sponsored

टाइम्स अफ इन्डियाका अनुसार दुई नेताबीच ब्रिक्समा सहयोग बढाउने तथा अन्य विश्व मामिलामा कुराकानी हुनेछ। साथै कोरोना महामारी नियन्त्रणका विषयमा पनि अनुभव आदानप्रदान हुने बताइएको छ।

चीनबाट सुरु भएको यो महामारी उसले सफलतापूर्वक नियन्त्रण गरेको छ भने भारत कोरोनासँग लडिरहेको छ। 

पछिल्लो महिना मोदी र जिनपिङबीच दोस्रो पटक भिडियो कलमा आमनेसामने हुन लागेका हुन्। 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *