सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा नीतीश कुमारले लिए शपथ
टुडेपाटी-
पटना, मंसिर १ गते ।
नीतीश कुमारले सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्रीका रुपमा सोमबार नै शपथ लिएका छन् ।
उनीहरु दुबै जनालाई उपमुख्यमन्त्री बनाउने सम्भावना रहेको छ । अन्य १४ जना नेताले पनि मन्त्री पदको शपथ लिएका थिए ।
शपथ ग्रहण कार्यक्रम विपक्षी महागठबन्धनका नेताहरुले भने बहिस्कार गरेका छन् ।
Sponsored
नीतीश कुमारले केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डाको उपस्थितिमा शपथ ग्रहण गरेका हुन् । भाजपा अध्यक्ष जेपी नड्डाले सातौं पटक बिहारको मुख्यमन्त्री बनेका नीतीश कुमारलाई बधाई दिएका छन् ।