नीतिश आज विहारको सातौँ मुख्यमन्त्रीको सपथ लिँदै, यी हुन उनका क्याबिनेटका मन्त्रीहरु
टुडेपाटी
जनकपुरधाम, मंसिर १ गते ।
जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले आज विहारको सातौँ मुख्यमन्त्रीको रुपमा शपथ लिदै छन् । नितिशसँगै भारतीय जनता पार्टी (भाजपा) र जदयुको भागमा परेको ७÷७ मन्त्री र दुई उप–मुख्यमन्त्री समेत सपथ लिँदैछन् । यद्धपी उपमुख्यमन्त्रकिो नाम भने अझै घोषणा हुन सकेको छैन ।
भारतीय संचारमाध्यमका अनुसार भाजपाबाट तारकिशोर प्रसाद, रेणु देवी, नंदकिशोर यादव, मंगल पांडेय, डॉ. प्रेम कुमारले मन्त्रीको रुपमा सपथ लिनेछन् भने जदयूबाट विजेंद्र यादव, नरेंद्र नारायण यादव, श्रवण कुमार, अशोक चौधरी, विजय कुमार चौधरीले सपथ लिनेछन् ।
यस्तै हम पार्टीबाट जीतनराम मांझी र भिआइपीबाट मुकेश सहनीले सपथ लिने बताइएको छ ।
आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको छ । यससँगै उनले आइतबार बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् ।
Sponsored
एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरुको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए ।
उनले भने, ‘एनडीएको बैठकले मलाई फेरि एकपटक आफ्नो नेता चयन गरेको छ । महामहिम राजयपाललाई हामीले पत्र पठाएका छौँ । उहाँले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गर्नुभएको छ । भोलि कस–कसले शपथ लिनेछन् भन्ने कुराको निर्णय हुन बाँकी छ ।’