जन्मदिन मनाउन बालिएको मैनबत्तीबाट रेष्टुरेन्टमा आगलागी : ७ जना नेपालीको मृत्यु
एजेन्सी
जनकपुरधाम, मंसिर १ गते ।
हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। एकजना नेपाली व्यवसायीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी भएको हो ।
तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्।
मृत्यु भएका १० वर्षीय बालकसहित चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्।
उपचार गराइरहेका अन्य कम्तिमा १० जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्।
आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।