TodayPati

श्रीमानले नै प्रहार गरे आरतीमाथि एसिड, घरबाटै पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

जनकपुरमा महिलामाथि एसिड आक्रमण गर्ने उनको आफ्नै पति रहेको पुष्टि भएको छ । पत्नी आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठा बस्ने २७ वर्षका संजिव साहलाई पक्राउ गरेको छ ।

उनलाई आफ्नै घरबाट पक्राउ गरेको केहिबेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

Sponsored

पतिपत्नीबिच मनमुटाब रहेको कारण माइत जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा घरमै बसिरहेकी २६ वर्षीया आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एसिड प्रहार भएको हो । खराब सम्बन्धको कारण श्रीमान संजिवले नै एसिड प्रहार गरी भागेको स्थानीयले बताएका छन् ।
एसिड प्रहारबाट आरतीको निधार र छातीको केहि भाग जलेको छ । उनको उपचार जानकी हेल्थकेयरमा भइरहेको छ ।

तीनवर्ष अघि विवाह बन्धनमा बाँधिएको केहि समय पश्चात श्रीमान श्रीमतीबिच मनमुटाव हुँदा आरती माइतमै बसेर जनकपुरको पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *