TodayPati

जनकपुरकी आरतीमाथि एसिड प्रहार

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ देवपुरा रुपैठाकी २६ वर्षीया आरती साहमाथि केहिबेर अघि एक युवकले एसिड प्रहार गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरमा माइतमा बसेको बेला शनिबार बहिान एक युवकले एसिडल प्रहार गरी भागेको स्थानीयले बताएका छन् ।

Sponsored

आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरि उपचार भइरहेको छ ।

एसिड आक्रमण गर्नेको खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाको विषयमा विस्तृत विरण आउन बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *