TodayPati

कोरोना महामारीबीच महेन्द्रनगरमा सडकमै दिपावलीको किनमेल गर्नेको घुइँचो

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २८ गते ।

कोरोना महामारीबीच धनुषामा हिन्दुहरुको महान पर्व दिपावलीमा किनमेल गर्नेको घुइँचो देखिएको छ । ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा तिहारको पूर्व सन्ध्या सडमै पसल थापेर व्यवसायीहरु सामान बेच्न व्यस्त देखिएको हो ।

पाँच सय मिटर लामो महेन्द्रनगर शहरमा सडक छेउमै पसल सञ्चालन गरेर बिक्रीवितरण गरिरहेको छ भने दिपावली मनाउन सर्वसाधारण पनि हर्षोल्लासका साथ किनमेल गर्न व्यस्त देखिएको छ ।

Sponsored

तिहारको ६ दिनपछि मात्रै मिथिलाञ्चलमा तीन दिन विधिवत रूपमा मनाइने छ्ठ पर्वको तयारीमा समेत सर्वसाधारण हर्षोल्लासका लागि परेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *