TodayPati

चौरसिया हत्या प्रकरणमा राजनीति : प्रदेश २ का सह-ईञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

टुडेपाटी

जनकपुरधाम, कार्तिक २७ गते ।

नेकपा नेता मुकेश चौरसियाको हत्या प्रकरणले फेरि राजनीतिक मोड लिएको छ । उनको हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।

Sponsored

अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी सहित प्रदेश कमिटी सदस्य छोटेलाल यादव, नेकपा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, विन्दवासिनी गाउँपालिकाका नेकपा अध्यक्ष विक्रम चौरसिया लगायतले मुकेशको हत्या गरेको अभियोग लगाउँदै सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

करिब एकसाता अघि नै गोप्य रुपमा मुद्दा दर्ता गरिएको नेकपा सह—ईन्चार्ज चौधरीले बताए । ‘माथि ९प्रधानमन्त्री० को आदेशमा हामीलाई फसाउन हाम्रै कारणले हत्या भएको भनेर सरकारी वकिलको कार्यलयबाट मुद्दा दर्ता भएको छ,’ सह–ईञ्चार्ज साहले भने, ‘खास व्यक्तिलाई जोगाउन पीडितलाई न्याय मरोस भन्ने देखाउन यो नाटक डिजाइन गरिएको हो ।’

मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी बताए । ‘आवश्यक परेकाबेला वहाँहरुलाई सोधपुछकालागि बोलाउनेछौँ,’ उनले भने ।

Sponsored

यसअघि मृतक मुकेशको परिवारले दर्ता गराएको मुद्दाका १२ जना अभियुक्तमध्ये हालसम्म तीनजना मात्र पक्राउ परेका छन् । बाँकी अभियुक्तको खोजी कार्य जारी रहेको डिएसपी कुँवरले बताए । तर मुकेश हत्याका घटानालाई नेकपाले राजनीतिकरण गरेकाले अभियुक्त पक्राउ नपरेको बताइन्छ ।

प्रदर्शनका बाबजुद जिल्ला प्रहरी कार्यालय पर्साले मुकेश हत्या प्रकरणमा मुद्दा दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय मार्फत मुकेशका परिवारले नेकपा नेता तथा पूर्वसभासद राजकुमार गुप्ता सहित १२ जनामाथि मुद्दा दर्ता गराएका थिए ।

पर्साको बिन्दबासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा गएको कार्तिक ६ गते ओली पक्षका नेताहरुले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको थियो । झडपको क्रममा घाइते भएका मुकेशको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।

नेकपा नेता गुप्ता नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलिनिकट नेता मानिन्छन् । आक्रमण गर्ने दुई जना घटनालगत्तै उनको घरबाट पक्राउ परेका थिए । त्यसैले उनीमाथि मुख्य योजनाकारको आरोप लागेको छ । तर उनी लगायत ओली पक्षका नेताले राजनैतिक प्रतिशोधको आडमा फसाइएको दावी गर्दै आएको छ । तर नेकपा जिल्ला ईञ्चार्ज साहले दोषीलाई उन्मुक्ति दिन मुकेश हत्याको मुद्दा दर्ता र सहिद घोषणा गर्न आन्दोलनमा उत्रिएका नेताहरुमाथि मुद्दा दर्ता गरिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *