TodayPati

प्रदेश २ का प्रहरी प्रमुख सिंहलाई कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २६ गते ।

प्रदेश २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाब टेस्ट गराउदा प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डीआईजी सिंहलाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल पुर्‍याइएको छ । सिंहको पारिवारिक स्रोतका अनुसार डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *