TodayPati

प्रदेश २ : ९६ वर्ष पुरानो जिर्ण भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी, कैदीको ज्यान खतरामा

टुडेपाटी

जनकपुरधाम, कार्तिक २६ गते ।

जिल्ला कारागार रौतहटमा क्षमताभन्दा तेब्बबर कैदीबन्दीलाई कोच्चिएर राख्दै आएको पाइएको छ । १ सय २० जना बस्ने क्षमता भएको यो कारागारमा तीन सय ६० जनालाई कोच्चिएर राखिएपछि कैदीको अवस्था दयनीय बनेको छ ।

Sponsored

राणाकालिन कारागारका संरचनाहरु समयसँगै परिवर्तन हुन नसक्दा कैदीहरू अमानवीय रुपमा खाँदिएर बस्न बाध्य भएका छन्। गर्मीको बेला खाँदिएर सुत्न नसक्ने कैदीहरू वर्षा लागे पछि पानीमा रुझ्दै बस्न बाध्य हुन्छन भने चिसोमा कठ्याङ्ग्रिनु पर्ने अवस्थामा छन्।

कारागार बन्दी गृह होइन, सुधार गृह हुनु पर्छ र कैद सजाय पाएकाहरुले पनि मानविय रुपमै आफ्नो सजाय भुक्तानका लागी उचित बास स्थान पाउनु पर्छ भन्ने अन्तराष्ट्रिय मान्यता रहेको छ । रौतहट जिल्ला कारागारको अवस्था भने निकै दयनीय कैदीबन्दीहरु बताउँछन् ।

करिब ९६ वर्ष अघि बि.सं.१९८१ सालमा यो कारागार भवन निर्माण भएको थियो । तर यो कारागार हालसम्म पनि उस्तै अवस्थामा रहेकोले भित्र रहेका कैदी बन्दीको अवस्था निकै खराब रहेको हो।
क्षमता भन्दा तिन गुणा बढी कैदी रहेको जीर्ण भवनमा त्रासदीपूर्ण जीवन काटी रहेका कैदीहरूको लागि केन्द्र र प्रदेश तथा स्थानिय सरकारले ध्यान दिन सकेको छैन् ।

Sponsored

कारागार प्रशासनले जीर्ण भवनको बारेमा बारम्बार पत्राचार गरे पनि हाल सम्म कुनै सुधार नभएको जनाएको छ। खिया लागेर भत्किएका झ्याल, ढोका र कैदी बन्दिको अत्याधिक चापले बस्न गाह्रो भएको कैदीहरूले बताए। ९६ वर्ष पुरानो कारागारमा जुनसुकै बेला भवन भत्किएर मान्छेको ज्यानै जान सक्ने अवस्थाकाबीच कैद भुक्तान गरिरहेका कैदीहरूलाई कारागार भित्रै मरिन्छ की भन्ने चिन्ता बढेको उनीहरु बताउँछन्।

जीर्ण भवनका कारण कैदीहरूको व्यवस्थापन मात्रै नभएर सुरक्षाकर्मी र कर्मचारीको व्यवस्थापनमा पनि समस्या आएको गौर कारागार कार्यालयका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए। उक्त कारागारमा १४ वर्ष देखि बस्दै आएका कैदीबन्दी छन्। सबैभन्दा बढी लागु औषधको अभियोगमा कैदीहरू रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *