TodayPati

विहार चुनाव : ‘अबकी बार फिरसे नितिश सरकार’, ‘मोदी लहर’ सामु तेजस्वीको जादु चलेन

टुडेपाटी

जनकपुरधाम, कार्तिक २६ गते ।

विहार विधानसभा निर्वाचनमा फेरि एनडिएले बहुमत प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा एनडिएले १ सय २५ सिटमा जित हासिल गरेको छ । सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ ।

Sponsored

एनडीएलाई टक्कर दिएको महागठबन्धनले ११० सिट जितेको छ । यसअघि भारतका विभिन्न मिडिया तथा एजेन्सीहरुले गरेको एग्जिट पोलमा तेजस्वी यादव नेतृत्वको महागठबन्धनले बहुमत प्राप्त गर्ने आकलन गरेको थियो ।

तर महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेपनि कमहागठबन्धन १ सय १० पटिमा सिमित भएको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा) ले ७४ सिट जितेको छ । सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेका थिए ।

यस चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु) को प्रदर्शन धेरै उत्साहित हुने खालको रहेन । सन् २०१५ मा ७१ सिट जितेको जदयुले यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ ।
यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिट जितेको छ ।
सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ ।

Sponsored

जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् । एनडिएको यो जितमा फेरि मोदीको जादु चलेको चर्चा हुन थालेको छ ।

आत्मनिर्भर बिहारको रोडम्याप : मोदी

चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बिहारका जनताप्रति आधार व्यक्त गरेका छन् । बिहारका जनताको आशिर्वादबाट एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन् ।

यो जनादेशलाई आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुने छ ।’

मोदीले अगाडि लेखेका छन्, ‘आज बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको छ । लोकतन्त्र कसरी मजबुत बनाउने भनेर देखाएको छ । बिहारका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरे र विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाए ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *