TodayPati

ओली सरकार संघीयता समाप्त गर्ने षडयन्त्र गर्दै छ : उपेन्द्र यादव

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २५ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बर्तमान केपी ओली नेतृत्वको सरकार संघीयता विरोधी रहेको अरोप लगाएका छन् ।

मंगलबार जनकपुरमा जनता समाजवादी पार्टी निकटका युवा संघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले वर्तमान सरकार संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रमा लागेको दावी गरे ।

Sponsored

ओली नेतृत्वको सरकारलाई कोरोना महामारीमा पनि ज्युधनको चिन्ता नरहेको आरोप लगाउँदै अध्यक्ष यादवले बर्तमान सरकारको आवश्यकता नरहेको टिप्प्णी गरे ।

उनले ओलि नेतृत्व सरकार विरुद्ध मोर्चाबन्दी गरेर लड्ने चेतावनी समेत दिए । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध राष्ट्र निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको अध्यक्ष यादवले दाबी गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *