बाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण, तिहारमा पनि बैंक नखुल्ने
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २५ गते ।
बाणिज्य बैंकहरुमा हालसम्म ६ हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य अवस्थामा दशैं तथा तिहारमासमेत सिमित शाखाका सिमित काउन्टर खुला गरेर सेवा दिएको बैंकहरुले यसपटको दशैमा बिदामा कुनै पनि शाखाबाट सेवा दिएनन् । तिहारमा पनि कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै शाखा बन्द हुने भएको छ ।
वाणिजय बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै तिहारमा कुनै पनि शाखा नखुल्ने बताएको छ । यद्यपि डिजिटल बैंकिङ र एटिएक सेवाहरु भने सुचारु रहनेछन् ।
बैकिङ क्षेत्रमा हाल ५० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको भनिएको छ । कोरोनाको बढ्दो क्रास र ठुलो संख्यामा कर्मचारीमा कोरोना हुँदा पनि आफूहरुले सेवा दिइरहेको बैकर्स एसोसिएसनले भनेको छ । साथै कोरोना भाइरसबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि पनि डिजिटल कारोबार गर्न संघले आग्रह गरेको छ ।
Sponsored