TodayPati

विहारमा भारी अन्तरले नितिशले लिए अग्रता, प्रारम्भीक चरणको नतिजाले सबै एग्टिपोल फेल !

टुडेपाटी

जनपकुरधाम, कार्तिक २५ गते ।

विहार विधानसभाको निर्वाचनको जारी मतगणनामा ताजा अपडेट अनुसार फेरि नितिश कुमार नेतृत्वको एनडिएले अग्रता लिएको छ ।

Sponsored

पछिल्लो अपडेट अनुसार एजडिए १ सय ३२, तेनस्वी यादव नेतृत्वको महागठबन्धन ९४ र अन्यले १६ सिटमा अग्रता लिएको हो ।

कोरोना महामारीका बीच बिहार विधानसभाका २४३ सिटका लागि तीन चरणमा मतदान भएको थियो । चुनावमा बहुमत प्राप्त गर्नका लागि कम्तीमा १२२ सिट जित्नुपर्छ ।

नितिश कुमार विगत १५ वर्षदेखि बिहारको मुख्यमन्त्री छन् र लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । ६९ वर्षीय नितिश कुमारका प्रतिस्पर्धीको रुपमा राष्ट्रिय जनता दल (राजद)खका उम्मेदवार ३२ वर्षीय तेजस्वी यादव छन् ।

Sponsored

तेजस्वी लालुप्रसाद यादवको छोरा हुन् । गणनाको सुरुमा तेजस्वी नितिश कुमारभन्दा अगाडि देखिए पनि अहिले फेरि नितिश कुमारले उछिनेका छन् । विभिन्न मत सर्भेक्षणले तेजस्वीले यस पटकको चुनावमा नितिश कुमारलाई हराउने देखाएको थियो ।

सन् २०१५ को चुनावमा राजद, जनता दल युनाइटेड ९जदयु० र कांग्रेस मिलेर महागठबन्धन बनाई चुनाव लडेका थिए । त्यतिबेला यो गठबन्धनले १७८ सिट जितेको थियो । तर डेढ वर्षपछि नै नितिश कुमारको पार्टी जदयु अलग भएर भाजपासहितको एनडीए गठबन्धनमा जोडिएको थियो ।

निर्वाचन आयोगका अनुसार यस पटकको चुनावमा ५७।०५ प्रतिशत मत खसेको छ, जुन सन् २०१५ मा भएको चुनावभन्दा ५६।६६ प्रतिशतले बढी हो ।

बिहार विधानसभाको वर्तमान कार्यकाल आगामी २९ नोभेम्बरबाट सकिँदै छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *