जसपा अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नै पार्टीका दुई सांसदद्वारा बहिष्कार
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।
मर्यादाक्रम मिचेर अपमान गरेको भन्दै जसपा अध्यक्षक उपेन्द्र यादवको कार्यक्रम उनका आफ्नै पार्टीका दुई सांसदले बहिष्कार गरेका छन् ।
सोमबार रौतहटको देवाही गोनाही नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रदेश सांसद बाबुलाल साह र अर्का सांसद अबुलकलाम आजाद फुलबाबुले बहिष्कार गरेका हुन् ।
कार्यक्रममा मर्यादाक्रम मिचेर अपमान गरिएको भन्दै प्रदेश सांसदद्वयले कार्यक्रम बहिष्कार गरेको समाजवादी नेता राजकुमार दाशले बताए ।
केहि साता अघि सप्तरीको एक कार्यक्रममा आशन ग्रहणकै लागि जसपाका जिल्ला नेताबिच कुटाकुट भएको थियो ।
dimag n bhako nam badanam garne sansdharu yastaile garda pati badnam chha sir