गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा
काठमाण्डौ , माघ १८ गते-
अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेकाे हाे ।
राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । जिल्ला प्रशासन कार्यालयले नै प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।