TodayPati

प्रधानमन्त्री र प्रचण्डसहित पाँच सचिवालय सदस्यबीचको बैठक सकियो

टुडेपाटी-
काठमाडौं, कात्तिक २२ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।

बिहान ११ बजेदेखि बसेको बैठक दुई घण्टा चलेको थियो । बैठकमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बुझिएको छ ।

शुक्रबार प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकको निष्कर्षअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी थिए ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा चार सचिवालय सदस्य भने अनुपस्थित थिए ।

अनुपस्थित हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *