TodayPati

प्रधानमन्त्री ओलीलाई भान्जीले दिने भइन् मिर्गौला

टुडेपाटी-
काठमाडौं, फागुन १८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकजना महिलाले मिर्गौला दिने भएकी छन् ।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका बताइएको छ । गोपनियताका कारण ती महिलाको परिचय भने खुलाउन सकेको छैन ।

Sponsored

यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई नातामा बुहारी पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन् ।

अहिले मिर्गौला दिन लागेकी भान्जीको उमेर खुलाइएको छैन ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन् । आउने बुधबार उनको मिर्गौला प्रत्यारोपण हुने छ । यसबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा सचिवालय बैठकमा जानकारी दिए । गत साता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने बताएका थिए ।

Sponsored

‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘अझै १० १५ वर्ष मलाई केही हुन्न ।’

उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७(१८ घन्टा काम गर्ने गरेको दाबी गरेका छन् ।

‘म १७(१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *