TodayPati

चीनमा भारतीय नागरिकलाई प्रवेश निषेध, यस्तो छ कारण

एजेन्सी

जनकपुरधाम, कार्तिक २१ गते ।

चीनले भारत, बेलायत र फिलिपिन्सका यात्रुलाई प्रवेश निषेध गरेको छ ।

Sponsored

कोरोनाभाइरसको महामारीको कारण देखाउँदै चीनले आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालिनरुपमा चीन प्रवेश गर्न रोक लगाइएको छ,’ बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्यमार्फत जानकारी दिएको छ ।

यस्तै घोषणा बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले गरेको थियो । यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।

Sponsored

चिनियाँ विदेश मन्त्रालयले महामारीका कारण यो अल्पकालिन उपाय अंगिकार गरेको दोहोर्याएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *