TodayPati

सिरहामा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु, २० जना घाइते

टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।

सिरहामा विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-२ बस्ने ६५ वर्षीया रामरती देवी महराको मृत्यु भएको हो ।

शनिबार दिउँसो सिरहाको धनगढीमाई नगरपालिका–७ मा ना १ ज ६४५८ नम्बरको विंगर गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Sponsored

दुर्घटनामा घाइते भएका २ जनाको विराटनगर नर्सिङ होममा र अन्य १८ जनाको भूमिजा अस्पताल गोलबजार, जेएस पोलिक्लिनिक र जनशक्ति पोलिक्लिनिकमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *