TodayPati

विद्युत् प्राधिकरणका हाकिम जैसवाल १० लाख घुसहित अख्तियारको फन्दामा

टुडेपाटी-

जनकपुरधाम, कार्तिक २० गते ।

नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर १० लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।

Sponsored

प्राधिकरण हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल १० लाख घुससहित रुपैयाँसहित रंगेहात पक्राउ परेका हुन् ।

ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई बिहीबार हेटौंडा–१० स्थित मेगा होटलबाट पक्राउ गरिएको हो ।

जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भएपनि जैसवालले आफूलाई दस लाख रुपैयाँ चाहिने माग राखेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *