TodayPati

सप्तरीमा काेराेनाबाट एक महिलासहित थप तीन जनाकाे मृत्यु

शुभ नारायण यादव-
सप्तरी, कार्तिक २० गते ।

सप्तरीमा कोरोना संक्रमणबाट एक महिलासहित थप तीन जनाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलासहित दुई जना र बिराटनगर स्थित म्याक्स अस्पतालमा एक जना गरी थप तीन जनाको बिहीबार मृत्यु भएको हाे ।

जिल्लाको विष्णुपुर गाउँपालिका वार्ड न.२ घरभई हाल राजविराज नगरपालिका वडा न.१ बस्ने २३ वर्षीया महिलाको अाज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेको थियो । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले जानकारी दिए ।
करिब एकसाता अगाडी नै उक्त रोगको उपचारको लागि प्रतिष्ठानमा भर्ना भएको प्रमुख यादवले बताए ।

त्यस्तै राजविराज नगरपालिका वडा न.८ का ६५ वर्षीय पुरूषको पनि प्रतिष्ठानमै मृत्यु भएको छ । गत १५ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको पुरुषलाई सोही दिन अस्पताल भर्ना भएका थियो । यस्तै जिल्लाकाे महदेवा गाउँपालिका वडा न. ४ बस्ने ३० वर्षीय एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको छ ।

बिरानगर स्थित म्याक्स अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यता मृतक तीनै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको जनाइएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *