TodayPati

पीपरा गउँपालिका अध्यक्ष चौधरीको यूटर्नप्रति भंगहाका मेयर साहको आपत्ति

टुडेपाटी-
महोत्तरी, कार्तिक २० गते ।

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीले जिल्ला समन्वय समितिको निर्णयमा खेलेको दोहोरो भूमिकाप्रति भंगहा नगरपालिकाका मेयर संजिव साहले आपत्ति जनाएका छन् । मेयर साहले गाउँपालिका अध्यक्ष चौधरीलाई नैतिकताको आधारमा राजिनामा दिन समेत आग्रह गरेका छन् ।

महोत्तरीले मठिहानी नगरपालिकामा कार्तिक १० गते राति भएको कुटपिट तथा आक्रमण घटना विषयमा गएको मंगलबार जिल्ला समन्वय समिति सभापति सुरेश प्रसाद सिंहको अध्यक्षतामा बैठक बसी एक विज्ञप्ती जारी गरिएको थियो । जसमा पीपरा गाउँपालिका अध्यक्ष चौधरीले हस्ताक्षर गरेका थिए । उनीहरु सबै महोत्तरीका प्रमुख जिल्ला अधिकारी समक्ष घटनाको अनुसन्धान गरी दोषीहरुमाथि कडा कारबहीको माग पनि गरेका थिए ।

Sponsored

तर जिल्ला समन्वय समितिको उक्त निर्णय बाहिर आएपछि पीपरा गाउँपालिका अध्यक्ष चौधरीले भोलि पल्ट बुधबार एक विज्ञप्ती जारी गर्दै समन्वय समितिका सभापति सिंहले आफ्नो पदीय हैसियतलाई दुरुपयोग गरी घटनालाई उल्टो पारेर विज्ञप्ती जारी गरेकोले त्यसप्रति आफ्नो विमती रहेको र उक्त निर्णयमा भुलबस आफ्नो हस्ताक्षर भएको एक प्रेस विज्ञप्ती जारी गरी बताएका छन् ।


गाउँपालिका अध्यक्ष चौधरीको उक्त कार्यको भंगहा नगरपालिका मेयर संजिव साहले आपति जनाउँदै एउटा पालिका प्रमुखले के कागजातमा सहीछाप गर्दैछु भन्नेसम्म नबुझेर हस्ताक्षर गर्नु दुर्भाग्यको विषय भएको बताएका छन् । समाजिक संजाल फेसबुकमा प्रतिक्रिया राख्दै मेयर साहले पालिका प्रमुख चौधरीले आफ्नो गरिमा समेत नबुझेको टिप्पणी गरेका हुन् ।

‘जुन विषयमा घण्टौं बसह र छलफल गरी निर्णय भयो । त्यसमा उहाँले सही गर्नुभयो र आज यूटर्न लिनु भयो । यसले उहाँसंग राजनीतिक छवि छैन । आफ्नै निर्णयप्रति अडिग नहुने तपाई जस्तो पालिका प्रमुखले नैतिकताको आधारमा तुरन्तै राजिवनामा दिन आग्रह गर्दछु ।’ मेयर साहले फेसबुक लाईभमा भनेका छन् ।

Sponsored

गाउँपालिका चौधरी सबैकुरा बुझेर मात्र समन्वय समितिको निर्णयमा हस्ताक्षर गरेको साक्षी समेत आफु रहेको मेयर साहले दावी छ।

https://www.facebook.com/sanjeev.sah.718/videos/1738967659590987

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *