TodayPati

अमेरिकी चुनाव : बाइडेनलाई इतिहासमै सबैभन्दा बढी ७ करोड बढी भोट, ओबामाको रेकर्ड टुट्यो

एजेन्सी

जनकपुरधाम, कार्तिक २० गते ।

मोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।

Sponsored

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत) भन्दा बढी मत प्राप्त गरेका छन् ।

केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ ।

लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ । त्यस्तै सन् २००८ मा भन्दा यस पटक अमेरिकाको जनसंख्या पनि बढेको छ ।

Sponsored

सन् २००८ मा ३० करोड ४० लाख रहेको अमेरिकाको जनसंख्या सन् २०२० मा ३३ करोड पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यस पटक करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको बताइएको छ । जसअनुसार मतदान गर्न योग्य अमेरिकी नागरिकमध्ये ६७ प्रतिशत यस पटक मतदानमा सहभागी भएका छन् । यसअघि सन् १९०८ मा ६५ प्रतिशत मत खसेको थियो ।

ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादामा मतगणना जारी नै रहेको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *