TodayPati

जानकी मेडिकल कलेजमा आमरण अनशन बसेका कर्मचारीलाई स्वास्थ्यमा समस्या

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १८ गते ।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विभिन्न मागसहित आमरण अनशनमा बसेका एक कर्मचारीलाई स्वास्थ्यमा समस्या देखिएको छ ।

तीनदिनदेखि अनशनमा बसेका जानकी शरण यादवको स्वास्थ्यमा समस्या देखिएपछि सलाईन गरिएको कर्मचारी हकहित संरक्षण समितिका संयोजक उमेश यादवले जानकारी दिए ।

Sponsored

करिब ८ महिनादेखि बाँकी पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको हरहिसाब दिनुपर्ने तथा कर्मचारीहरुलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने लगायतको माग राखि कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्यद्वय जानकी शरण यादव र कुल्दिप साह आइतबार विहान ११ बजेदेखि आशनमा बसेका हुन् । त्यसअघिदेखि हरहिसाब माग गर्दै कर्मचारीहरुले ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना दिदै आएका थिए ।

गत भदौ ३० महिनामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको थियो ।

त्यो सहमतिपछि कर्मचारीहरुले भदौ २६ गतेदेखि लगाएको ताला खोलेका थिए । तर, कलेज व्यवस्थापकले सहमति अनुसार वक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि आन्दोलतरत कर्मचारीहरूले उमेश यादवको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण समिति गठन गरेर असोज १२ गतेदेखि माग पूरा गराउन दबाब दिन धर्नामा बसेका थिए ।

Sponsored

कलेज व्यवस्थापकले माग पूरा गर्नुको साटो आन्दोलनरत कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि कर्मचारीहरु आक्रोशित छन् ।

दसैं अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्य कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेललगायत कर्मचारीलाई निलम्बन पत्र थमाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *